पोखराको न्युरोडमा चिकेन स्टेशन

पोखरा, ३ बैशाख / पोखराको न्युरोडमा चिकेन स्टेशन बुधबारबाट सञ्चालमा आउन लागेको छ । २ वर्षअघि काठमाडौंबाट स्थापित भएको स्टेशनले पोखरामा शाखा विस्तार गर्न लागेको हो ।

न्युरोड पूर्णिमा हल सँगै रहेको स्टेशनमा चिजा, हटविन्कस, क्रिन्चिफ्राई लगायतका चिकेनका परिकार सुपथ मुल्यमा प्रदान गरिने सञ्चालक निकेश ताम्राकारले बताए । उनका अनुसार अन्य रेष्टुरेण्टभन्दा सुलभदरमा ग्राहकले सेवा प्राप्त गर्नेछन् ।

‘पोखरा पर्यटक स्थल हो, यहाँ हाम्रो जस्तो रेष्टुरेण्डको आवश्यक खड्यिो र मात्र हामीले स्थापना गर्न लागेका हौ’,उनले भने,‘कलेज पढने टिनेजर देखि ३०/३५ वर्षका उमेर समूहका ग्राहकहरु हाम्रा लक्षित वर्ग हुन् ।

काठमाडौं, चितवन, विर्तामोड,पोखरा सँगै देशका १९ ठाँउमा रेष्टुरेण्टले आफ्नो शाखा विस्तार गरेको छ । ग्राहकको सेवा सुविधालाई ख्याल गरि स्टेशनले होमडेलिभरी मार्फत सेवा प्रदान गर्ने ताम्राकारले जानकारी गराएका छन् । उनका अनुसार पार्किङको पनि राम्रो व्यवस्था छ ।

कमेन्टहरु
Loading...