नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले चन्द्र ढकाललाई सर्मथन गर्ने

पोखरा, १० फागुन / नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको रुपमा चन्द्र ढकाललाई समर्थन गर्ने निर्णय गरेको छ ।

महासंघ गण्डकीका अध्यक्ष संजीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रुपले वरिष्ठ उपाध्यक्षमा सघाउँने निर्णय गरेको हो ।

बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायीक सफलता हाँसिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी हुन् भन्ने महासंघ गण्डकीको ठहर रहेको छ ।

महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाका अनुसार गण्डकी प्रदेशको नेतृत्व गरेर महासंघको उच्च तहमा पुग्न सक्ने सम्भावना भएका ढकालालाई सघाउँदा समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन मद्दत पुग्ने छ ।

 

कमेन्टहरु
Loading...