मौजामा बसन्तपञ्चमी मेला सम्पन्न

पोखरा, ४ फागुन/प्रयत्नशिल युवा क्लवको आयोजनामा कास्कीको मौजा–१ मोहोरियामा २० औं वार्षिकोत्सव तथा ४० औं बसन्तपञ्चमी मेला सम्पन्न भएको छ । तीन दिने मेलाको मुख्य आर्कषण पुरुष भलिवल प्रतियोगितामा ल्वाङ घलेल गाविस प्रथम, संरक्षण युवा क्लव, घ्याम्राङ द्धितिय भएको थियो ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र् तथा द्धितियले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा विभिन्न १९ टिमको सहभागिता रहेको थियो । त्यसैगरि छेलो हान्ने प्रतियोगितामा मौजा गाविसका धनराज नेपाली विजयी भए । उनलाई फेटा, दोसल्लाले सम्मान गरिएको थियो । गाविस भरिमा वर्षका उत्कृष्ट कृषकको रुपमा पुरुषमा मौजा–१ का ताराबहादुर गुरुङ्ग र महिलातर्फ मौजा–४ का डम्मर कुमारी गुरुङ्ग सम्मानित भए ।

मौजा तारा अन्र्तगत हिमालय माविका छात्रतर्फ सविन गुरुङ्ग र छात्रातर्फ प्रतिमा पोखरेललाई सम्मान गरियो । विद्यालयबाट प्रवेशिका परिक्षा उत्तिर्णा गरेका १४ जना विद्यार्थीलाई पनि सोही समारोहमा सम्मान गरियो ।मेलामा आयोजित विभिन्न कार्यक्रमका विजेता तथा सहयोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं क्लवका पूर्वाध्यक्ष सिम गुरुङ्गले एक समारोहका विच पुरस्कार वितरण गरे ।

त्यसैगरि मौजा विकास कोष हल्याण्डका अध्यक्ष जुमप्रसाद गुरुङ्ग, उपाध्यक्ष ओमकुमारी गुरुङ्ग, सत्यवती आमा समुहका अध्यक्ष खस्मिरी गुरुङ्ग, समाजसेवी नन्दबहादुर गुरुङ्ग, टुकबहादुर गुरुङ्ग, प्रेमबहादुर गुरुङ्ग, दुर्गाबहादुर गुरुङ्ग, क्लवका पूर्वाध्यक्ष चोकबहादुर गुरुङ्ग,क्लवका बरिष्ठ सल्लाहकार सु.हुमबहादुर गुरुङ्ग लगाएतले पुरस्कार वितरण गरेका थिए । आयोजक क्लवका अध्यक्ष मणिराज गुरुङ्गको अध्यक्षतामा भएको समापन समारोहमा स्वागत क्लवका सदस्य रुद्रबहादुर परियारले तथा संचालन पूर्वाध्यक्ष खगेन्द्र गुरुङ्गले गरेका थिए ।

कमेन्टहरु
Loading...