काँडेमा बार्दलीको सेवा केन्द्र

हेमजा, २६ फागुन / बार्दली बचत तथा ऋण सहकारी संस्था लि. पोखरा ८ ले अन्नपूर्ण–३, काँडेमा शनिवारदेखि सेवा केन्द्र सुभारम्भ गरेको छ ।

केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारी किसानको पहुँचसम्म पुग्नुपर्नेमा जोड दिर्दै उत्पादन विनाको विकास सम्भव नरहेको बताए । उनले व्याजदरमा सचेतता अपनाउन आग्रह गर्दै काम गर्नेलाई गाउँपालिकाले सधै सम्मान गर्ने भनाई पनि राखे ।

अन्नपूर्ण ३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले गाउँपालिकाकै धेरै जनघनत्व भएको वडाका रुपमा अन्नपूर्ण ३ लाई चिनाउँदै काँडे क्षेत्रमा सहकारी स्थापनाको महत्वमाथि प्रकाश पारे।सहकारीलाई वडाको सहयोग रहने विश्वास दिलाउँदै अध्यक्ष गुरुङले न्यून आय भएका किसानको पहुँचसम्म सहकारी पुग्नुपर्ने विचार राखे ।

सल्लाहकार मोतिराज तिमिल्सिनाले स्थापनाको छोटो अवधिमै सहकारीले राम्रो फड्को मारेको तर्क गरे ।सहकारीका अध्यक्ष रेशम सापकोटाले गरिव किसानको पहुँचसम्म संस्थालाई पु¥याउने प्रतिबद्घता जनाउँदै स्थापनाको छोटो अवधिमै संस्थालाई नयाँ उचाईमा पु¥याउन सफल भएको दावी गरे ।

कोषाध्यक्ष डिल्लीराम पौडेलले काँडेमा सेवा केन्द्र स्थापनाका कारणबारे औँल्याए।मादीको ताङतिङ पछि अन्नपूर्णको काँडेमा सेवा केन्द्र खोल्न आफूहरु सफल भएको उनले जनाए ।सदस्य नारायणप्रसाद भण्डारीले सहकारीमा जनसहभागिता रहने विश्वास लिदै काँडेमा सेवा केन्द्र खोल्ने विगतको आफ्नो सपना शनिवारदेखि पुरा भएको औँल्याए।

कार्यक्रमका बीच सहकारीले मराउँचे स्थित नवज्योति आमा समूहलाई एक थान साउन्ड सिस्टम तथा काँडे बराह आमा समूह, सिर्जना आमा समूह र बौद्घ आमा समूहलाई प्रति समूह १० वटाका दरले कुर्ची सहयोग गरेको छ ।

कमेन्टहरु
Loading...