बाघमारा सहकारीको साधारणसभामा पत्रकार नेपाल र उपाध्याय सम्मानित

पोखरा, १ असोज/बाघमारा बचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार विजय नेपाल र राजन उपाध्यायलाई सम्मान गरेको छ । पत्रकारितामा क्षेत्रमा रहेर संस्थाको विकास र प्रगतिमा गरेको योगदानको कदर गर्दै संस्थाले चौथो वार्षिक साधारणसभा अवसरमा शनिबार उनीहरुलाई नगदसहित सम्मान गरेको हो ।

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका वरिष्ठ प्रशिक्षक बालकृष्ण सुवेदी, विशेष अतिथि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, नेपाल राष्ट्रबैंक पोखराका लघुवित्त डेप्युटी डाइरेक्टर वृहस्पति अधिकारी, संस्थाका अध्यक्ष डिल्लीराम बरालले पत्रकार नेपाल र उपाध्यायलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

सम्मानित पत्रकार नेपाल राजधानी र आदर्श समाज दैनिकमा कार्यरत छन् भने पत्रकार उपाध्याय रेडियो बाराहीमा कार्यरत् छन् । उक्त अवसरमा सहकारीले विभिन्न शीर्षकमा अन्य व्यक्तिलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा पूर्वसंचालक समिति सदस्य बसन्तप्रसाद आचार्य, दीपेन्द्र वस्ताकोटी, टीकाराम अधिकारी, पूर्व लेखा समिति सदस्य पारशमणि भण्डारी, भेषराज पौडेल, पूर्वऋण समिति सदस्य श्रीभद्र बराल, उत्कृष्ट दैनिक बचतकर्ता युवराज शर्मा, उत्कृष्ट खुत्रुके बचतकर्ता सुप्रभा लामिछाने र स्वस्तिका आचार्य, असल कारोबार पुरुषमा मनबहादुर लुयालीमगर, सन्तबहादुर सुनार, महिलामा कमला नेपाली, उत्कृष्ट निक्षेपकर्ता केशराज पौडेल, घनलाल चापागाई, सौभाग्यमोहन÷उजेली आचार्यलाई दोसल्लासहित सम्मानपत्र हस्तान्तरण गरियो ।
यस्तै, उत्कृष्ट कर्मचारी व्यवस्थापक प्रबन्धक जगन्नाथ लामिछाने, पूर्व कर्मचारी गोमा पौडेल आचार्य, संस्थागत निक्षेप सम्मानमा शिशुकल्याण आधारभूत विद्यालय, ज्येष्ठ शेयर सदस्य सम्मानमा पुरुषतर्फ पूर्णप्रसाद वस्ताकोटी, महिलामा सीतादेवी अधिकारी, स्वयंसेवक कर्मचारी सरिता जिसी, एसएलसी सम्मानमा सहयोग पु¥याउने राममोहन आचार्य, सफिक मियाँ अन्सारी, विशेष सहयोगी हुमाकुमारी आचार्य, वृन्दा पौडेल, हरिप्रसाद अधिकारी, सेयर सदस्यमध्ये सुपरीवेक्षण गरी महत्वपूर्ण सुझाव दिने प्रेमकृष्ण आचार्य, सरस्वती टीका माविलाई उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मान गरियो ।

यस्तै, सेयर सदस्यका छोराछोरीमध्ये शैक्षिक सम्मानबाट डा. विकासजंग क्षेत्री र डा. अञ्जान तिवारीलाई सम्मान गरियो भने सेयर सदस्य श्रीकान्त आचार्य राष्ट्रिय शिक्षा पुरस्कारबाट र तिलकप्रसाद अधिकारी, रमेश कार्की राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा जिल्ला शिक्षा कार्यालयबाट सम्मानित भएकोमा बधाईसहित सम्मान गरियो । उक्त अवसरमा प्रमुख अतिथि बालकृष्ण सुवेदीले सहकारीमा झण्डा र डण्डा हुनु हुँदैन भने । उनले बाघमारा सहकारीको गतिविधिको प्रशंसा गर्दै सेयर आधारमा नभै कारोबार आधारमा बोनस बाँडिनुपर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष त्रिपाठीले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै करको दायरा घटाउनुपर्ने बताए । राष्ट्रबैंकका डेप्युटी डाइरेक्टर अधिकारीले संस्थागत सुशासनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले लगानीलाई उत्पादनमूलक बनाउनुपर्ने बताए । संस्थाका अध्यक्ष डिल्लीराम बरालले सहकारीको सही मूल्यांकन हुनुपर्ने जोड दिए । उनले संस्थाले आगामी दिनमा विभिन्न कार्यक्रम ल्याउने भन्दै कार्यक्षेत्र कास्की जिल्लाभर गर्ने बताए ।

कमेन्टहरु
Loading...