नेपालमा आयो डुकाटीको इलेक्ट्रिक स्कुट

काठमाडौं, ११ भदौ / काठमाडौंमा चलिरहेको नाडा अटो शोमा डुकाटीको विद्युतीय स्कुटर भित्रिएको छ । विद्युतीय सवारी साधनका लागि प्रख्यात कम्पनी सुपर सोको र डुकाटीको सहकार्यमा यो स्कुटर निमार्ण भएको हो ।

यो स्कुटरले विद्युतीय सवारी साधन प्रतिको विश्वास बढाउने कम्पनीको दावी छ । सुपर सोकोको सियुएक्स– डुकाटी एडिसनले २७८८ वार्ट पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ ।

६५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने यो स्कुटर फुल चार्जमा ७५ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । १४० एमएम ग्राउण्ड क्लेयरेन्स रहेको यो स्कुटरको मूल्य ३ लाख ४८ हजार रहेको छ ।

कमेन्टहरु
Loading...