विशाल को-अपरेटिभमा पुनः नेम्कूल

पोखरा, ३० भदौ/ विशाल को–अपरेटिभ संस्था लिमिटेड पोखरा ४ वुद्धविशालबजारको अध्यक्षमा पुन भूवन नेम्कूल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न सहकारीको २० औं वार्षिक साधारणसभाले आगामी ४ वर्षका लागि उनको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शिव शर्मा, सचिवमा तारादेवी पराजुली, कोषाध्यक्षमा बालकृष्ण ढकाल चयन भएका छन् । सञ्चालकहरुमा प्रदीपकुमार मुल्मी, ईन्द्रराज अर्याल, वुद्धिप्रसाद पौडेल, इउल कुमारी पुन पाइजा, कमलप्रकाश सुवेदी चयन भएका छन् । लेखा समिति संयोजकमा रामकृष्ण दुवाडी र सदस्यमा ताराबहादुर श्रेष्ठ तथा मोहनराज पौडेल चयन भएका छन् ।

राष्ट्रिय सहकारी बैंकका गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै उनले विशाल सहकारी गण्डकी प्रदेशमै उत्कृष्ट रहेकाले यसको गरिमा बचाइ राख्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपक प्रकाश आचार्य, कोषाध्यक्ष नारायण प्रसाद आचार्य, वुद्ध विशालबजार व्यापारिक एसोसिएसनका अध्यक्ष केशवबहादुर खत्री लगायतले बोलेका थिए । संस्थाका सचिव सुदीप ढकालले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष जगन्नाथ ढकालले स्वागत मन्तव्य राखेका थिए । वरिष्ठ सल्लाहकार गोविन्द प्रसाद ढकालले संस्थाले सदस्य केन्द्रित व्यवसायमा ध्यान दिनुपर्ने बताएका थिए ।

सहकारीका ज्येष्ठ सदस्यहरुलाई संस्थाले पेन्सन वितरणसमेत गरेको छ । प्लसटु र स्नातकमा उत्कृष्ट अंक ल्याएका सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको छ । उत्कृष्ट कारोबार गर्ने सदस्य पूर्णमाया गुरुङ, मनोजकुमार रेग्मी, सुरेशप्रसाद गुप्ता, इक्रामुद्विन मियाँलाई पनि सोही अवसरमा सम्मानित भएका छन् ।

सहकारीको कुल वासलत ६५ करोड रुपैयाँ छ । संस्थाले गत आर्थिक वर्षमा ३ करोड ९ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो । आफ्ना सदस्यहरुलाई १६ प्रतिशत नगद लाभांस वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई समेत साधारणसभाले अनुमोदन गरेको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै आएको सहकारीलाई गत आर्थिक वर्षमा राष्ट्रिय सहकारी बैंकले उत्कृष्ट संस्था सम्मान गरेको थियो ।

कमेन्टहरु
Loading...