पोखरा उद्योग बाणिज्य संघको महासचिवमा अर्जुन र किसानको प्रतिस्पर्धा

38

पोखरा, १ भदौ

पोखरा उद्योग वाणिज्य संघको ३२ औ महाधिवेशन असोज ५ र ६ गतेका लागि तोकिए पछि व्यवसायीलाई चुनावी चटारो सुरु भएको छ ।

अध्यक्ष पछि चासोका साथ हेरिने पद हो महासचिव हो । हरेक पदमा जस्तै महासचिवमा पनि अहिलेसम्म दुईजना आकांक्षी देखीएका छन् ।

संघका बर्तमान उपमहासचिव अर्जुन पोखरेल र कार्यसमिति सदस्य किसान सुनारले महासचिवमा उम्मेदवारी घोषणा गरेपछि संघको चुनावी माहोल

अझै बढेको छ ।

पोखरेलले चुनावी मिति घोषणा नहुँदै आफू महासचिवमा उम्मेदवार बन्ने घोषणा गरिसकेका थिए ।

महासचिवमा उठ्ने चर्चामा रहेर पनि मौन बसेका सुनारले उम्मेदवारी सार्वजनिक गरेपछि महासचिवमा पनि चुनावी माहोल तातेको छ ।

युवा उद्यमिको पहिचान बनाएका पोखरेल र सुनारबीचको महासचिव पदमा हुने प्रतिस्पर्धालाई व्यवसायीहरुले चासोका साथ हेरिएका छन् ।

पोखरेल र सुनार दुवै जनाले महासचिवमा आफू विजयी हुने दावी गरेपनि कसले बाजी मार्छ, त्यो भने भविश्यले नै बताउनेछ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...