टिप्परको ठक्करले तनहुँ र गोरखामा गरी दुई जनोको मृत्यु

पोखरा, १८ माघ / टिप्पर ठक्करका कारण एक पछि अर्को दुर्घटना बढ्दै गएका छन् । शुक्रबार नै गोरखा र तनहुँमा टिप्परको ठक्करबाट एक एक जनाको मृत्यु भएको छ ।

टिप्परको ठक्करबाट शुक्रबार व्यास ४ बाघभञ्ज्याङ दमौलीमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका ६ गितानगरकी ४६ वर्षिया अनिता पाठक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पाठक मोटरसाइकलको पछाडि सवार थिइन् ।

भोर्लेटार तर्फ जादै गरेको ना ३९ प ५०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको ग १ ख ८७७८ नम्बरको टिप्परले ठक्कर दिदा पाठकको मृत्यु भएको हो । । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसै गरि गोरखाको गोरखा नगरपालिका १० छेपेटार स्थित रहेको गोरखकाली क्रसर उद्योगको परिसर भित्र सोहि स्थान अमलापानी बस्ने ५२ बर्षिय मनमाँया तामाङ टिप्मरले ठक्कर दिदा एको जनाको मृत्यु भएको छ ।

ग १ ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिंदा घट्नास्थलमा नै मृत्यु भएको थियो । सोही विषयलाई लिई स्थानिय बासिहरुले उक्त क्रसर भित्र रहेको २० वटा टिपर र ६ वटा जेसिबि मा तोडफोड गरेको, ग १ ख ८०२७ नंम्बरको टिपरमा आगजनि समेत गरेका छन् ।

कमेन्टहरु
Loading...