पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पोखरा, २५ फागुन / लमजुङ राईनास नगरपलिका ७ स्थित चेपेखोलाको गगटे भन्ने स्थानमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँका बाङ्गेचौर बस्ने सुरज सार्कीको छोरा १४ बर्षिय अनिल नेपालीको पौडी खेल्ने क्रममा पानीमा डुबी मृत्यु भएको छ ।

प्रहरी टोलीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कमेन्टहरु
Loading...