कास्कीमा रुखबाट खस्दा एकको मृत्यु

पोखरा, ३० पुस / कास्कीको अन्नपुर्ण गाँउपालिका ५ गिरीचोकको एक रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

अन्नपुर्ण गाँउपालिका ५ गिरीचोक बस्ने ४४ बर्षिय देवेन्द्र गिरी लप्सी टिप्न रुखमा चढ्का बेला अचानक रुखबाट खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रुखबाट खसेर घाईते भउका उनको उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका छन् ।

कमेन्टहरु
Loading...