पोखरामा एक जनाको आफ्नै साथीले हत्या गरि फरर

पोखरा, २१ वैशाख/ पोखरा महानगरपालिकाको मजुवामा शनिबार राति एक जनाको हत्या भएको छ । पोखरा २० मजुवामा मजदुरी काम गर्दै आएका सुनकोशी गाउँपालिका –५ ओखलढुंगाका ५५ वर्षीय टंक बहादुर लामा तामाङको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

तामाङको उनकै साथीले हत्या गरेको हुनसक्ने आफन्तले बताएका छन् । उनको शव उनीहरु सुदै आएको पाल मुनि फेला परेको थियो । मादक पदार्थ सेवन गरि दुई जना बिच विवाद भए भएपछि हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । विवाद पछि एक जना मजदुर भागेको र बिहान उनीहरु बसेको पालमा गई हेर्दा टंक मृत भेटिएका थिए ।

उनको मृत्यु पछि अर्को एक जना बेपत्ता रहेका छन् । मृतक टंकको टाउकोमा गहिरो चोट लागेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरु गोरेबाटो बनाउने काममा गर्दै आएका थिए ।

अन्य तीन तिन जना सुत्ने भएर पनि शनिबार राति अर्को साथी अन्यत्र सुत्न गएका थिए । मृतक तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हत्यामा संलग्नको खोजी र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...