पोखराको लेखनाथमा मोटरसाइकल र कार ठोकिए

पोखरा, ५ बैशाख /पोखरा महानगरपालिका २९ सैनिकबस्ती स्थित ग १२ प ३०५० नम्बरको मोटरसाईकलले बा १० च ६४७१ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनमा मोटरसाईकलमा सवार धादीङ बेनीघाट गाउँपालिका ८ घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे ३२ बर्षियका बिनोद मरठ्ठा, मोटरसाईकलको पछाडी सवार २६ वर्षिय दिल गुरुङ र सोही मोटरसाईकलमा सवार २८ वर्षिय सुर्य मरठ्ठा घाईते भएका छन् ।

प्रहरीले दुवै सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्टहरु
Loading...