पोखरामा दुर्घटना हुदाँ दुईको मृत्यु

पोखरा, १६ पुस / पोखरा महानगरपालिका १४ चाउथे नजिकै गएराति दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट चाउथे तर्फ जादै गरेको मोटरसाइकल र जिप एक आफसमा ठक्कर खाएसँगै विपरित दिशाबाट पोखरा आउदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकल चालक र जिप चालकको मुत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

ग १३ प ९५३७ नम्बरका मोटरसाइकल चालक तनहुँका घर भई पोखरा चाउथेमा बस्दै आएका १९ बर्षिय रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जिप चालक पोखरा २९ भण्डारढिक सैनिक बस्तीका ३५ बर्षिय सरोज लामाको सवारी दुर्घटनामा परी मुत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परी जिपमा सवार पोखरा २९ का ३४ बर्षीय प्रेम परियार गम्भिर घाइते भएका छन् । उनको मणिपाल अस्पतालमा उपचार भईरहेको छ । त्यसै गरी दुर्घटनामा गरी पोखरा ३१ का २३ बर्षीय दिल बहादुर परियार सामान्य घाइते भएका छन् ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । काठमाण्डौ देखि बागलुङ जादै गरको बसले ठक्कर दिएको थियो । ग१ख ९४०५ नम्बरको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...