मुस्ताङ र पोखराको हेम्जामा सवारी दुर्घटना

पोखरा, ५ असोज/ मुस्ताङ र पोखराको हेम्जामा भएका फरक सवारी दुर्घटनामा परी दुई घाइते भएका छन् ।

बिहीबार मुस्ताङको बारागुङ मुक्ती क्षेत्र गाउँपालिका ५ मा ग१त ३९३१ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ एक जना

घाइते भएका छन् । दुर्घटनामा परि मुस्ताङको भरतजोङ गाउँपालिका ४ बस्ने वर्ष १८ को छेवाङ घले खस्न गई

घाइते भएका हुन् । उनको जिल्ला अस्पताल जोमसोममा उपचार भईरहेको छ ।

त्यसै गरि पोखरा महानगरपालिका २५ हेम्जा साझा पेट्रोल पम्प नजिकै ग ६ प ४८१० नम्बरको मोटरसाईकलले

पैदल यात्रीलाई ठक्कर दिदा एक जना घाइते भएका छन् । हेम्जाकी ३५ बर्षियकी मनीषा अधिकारीलाई ठक्कर

दिँदा घाईते भएकी हुन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...