पोखराको मालेपाटनमा दुर्घटना

पोखरा, १८ साउन / पोखरा ५ मालेपाटन स्थित कालिका गण अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।

ग १४ प ५२१ नम्बरको मोटरसाईकल र ध १ प ७००८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परि पोखरा १४ चाउथे बस्ने वर्ष १७ को इन्द्र बहादुर थापा र अन्नपुर्ण गाउपालिका २ शेराचोक बस्ने वर्ष ३६ की माया पौडेल घाईते भएका हुन् ।

उनीहरुको मेट्रोसिटि अस्पतालमा उपचार भएको छ । प्रहरी टोलीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिईएको छ ।

कमेन्टहरु
Loading...