लेखनाथमा साथीको ढुङगाले हानी हत्या गरी गाड्ने दुई जना पक्राउ

पोखरा, ८ जेठ / दुई दिन अगाडी हत्या गरी गाडेको अवस्थामा शव फेला परेका सुजन विकको हत्या आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जेठ ३ गते देखी हराएका कास्कीको मादी गाउँपालिका घर भै हाल पोखरा–२७, लेखनाथको अघौंमा सुजन विकको शव चार दिन पछि मृत अवस्थामा फेला परेको थियो ।

विकको हत्या आरोपमा प्युठान गौमुखी गाउँपालिका वडा नम्बर ३ डिहिागाँउ घर भघएका २१ बर्षिय थमन पुन मगर र २घ बर्षिय प्रकाश घर्ती मगरलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।

विजुलीको पाल गाड्ने काम गर्ने उनीहरु शनिबार साझँ सगँ रक्सी खाएर घर फर्किने क्रममा विवाद भएपछि ढुङगाले हानेर हत्या गरेका अनुसन्धानमा खुलेको कार्कीले बताए । विवाद भएपछि पहिले मुक्काले हान्दा थुचुक्कै बसेको विकलाई दुई जनाले सानो र ठुलो ढुङगाले हानेर हत्या गरेको उनले बताए ।

लेखनाथको सुन्दरीबजारमा बस्दै आएका २४ वर्षिय सुजन विकको शव केही पर बारीमा फालेर घर फर्किएका उनीहरु विककी आमाले सोध्दा अर्कै साथी सगँ गएको बताएका थिए । त्यसको केही समय पछि गाजाँ खाएर पनि शवलाई अल्ली पर लगेर काठले खाल्टो खनेर गाडेको कार्कीले बताए ।

घटनाका अनुसन्धान गर्ने १० जनालाई पक्राउ गरेको बताए । सृजना बहिरा स्कुल नजिकै खेतमा कुलोको छेउमा खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको थियो । केही दिन पहिले पोखरा १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव प्रहरीले भेटाएको थियो । आफ्नै साथी ज्ञानबहादुर परियारले घनले हानेर रानाभाटको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...