घरको तीन तलामाथिबाट खसेर किशोरीको मृत्यु

इटहरी, १ जेठ/घरको तीन तला माथिबाट खस्दा इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटहरी ६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेको प्रहरीले जानकारी दिएको छ ।

पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिए ।

मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत् थिइन्।

कमेन्टहरु
Loading...