काठमाडौबाट पोखरा आउदै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु, २२ घाइते

पोखरा, ११ साउन /काठमाडौंबाट पोखरा हुदै स्याङ्जाको वालिङका लागि छुटेको यात्रुबहाक बस शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटारमा दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ३ महिला, २ जना पुरूष र एक बालकको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ । ना ६ ख २५०६ नम्बरको बस ना ५ प ७४०९ नम्बरको ट्रकसँग ठक्कर खाँदा बस त्रिशूली नदी किनारमा खसेको प्रहरीको भनाई छ ।

सडकबाट करिब सय मिटर तल खसेको बस खोँचमा अड्किएको थियो । मृतकहरुको सनाखद हुन सकेको छैन । २२ जना घाइतेलाई उपचारका लागि भरतपुर छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय बासिन्दाले घाइते र मृतकको उद्धार गरेका थिए ।

कमेन्टहरु
Loading...