अनसनरत डा. केसीलाई काठमाडौं ल्याईयो

जुम्ला ३ साउन, /कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार दिनभर तनावग्रस्त स्थिति सिर्जना भएपछि डाक्टर गोविन्द केसी काठमाडौं गएका छन् ।डाक्टर केसीलाई सेनाको हेलिकप्टर माफर्त काठमाडौं लगिएको हो । यसअघि डाक्टर केसीले सरकारको हेलिकप्टरमा काठमाडौं नजाने बताएका थिए ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा प्रहरीले केसी अनसन स्थलमा जान प्रयास गरेर लाठी चार्ज गर्दा दोहोरो भिडन्त भएपछि प्रतिष्ठानमा ठूलो क्षति भएको थियो ।

अस्पताललाई प्रशासनले युद्धभूमि जस्तो बनाएको र अस्पतालमा धेरै क्षति भएकाले आफू काठमाडौं जान तयार भएको डाक्टर केसीले बताए । अस्पतालमा आफ्ना समर्थकमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै डाक्टर केसीले त्यसलाई रोक्न आफू काठमाडौं जान तयार भएको पत्रकार सम्मेलनमा बताए । उनले अस्पताल परिसरबाट बाहिर निस्कने क्रममा भावुक हुँदै आफ्नो सत्याग्रह जहाँ भए पनि जारी रहने बताएका छन् ।

यसैगरी केसीको अवस्था बुझ्ने भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, गहृमन्त्री नरेश भण्डारी शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी जुम्लामा पुगेका थिए। उनिहरुलाई छिर्न नदिएपछि प्रतिष्ठानबाट फर्किएका थिए ।डाक्टर केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड सुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कमेन्टहरु
Loading...