कास्कीमा सवारी दुर्घटना

पोखरा, २४ असार /कास्कीमाछापुच्छ्रे गाउँपालिका २ कमेरे गौँडामा दुर्घटना भएको छ ।

माछापुच्छ्रे गाउँपालिका २ कमेरे गौँडामा भुज्रुङ खोलाबाट गण्डकी ट्राउट तर्फ जाँदै गर्दा मोटरसाईकललाई साईड दिने क्रममा ग १ त ६०१९ नंम्बरको ट्याक्टर सडकबाट तल खसेको हो ।

सडकबाट अन्दाजी ५ मिटर तल खसेको ट्याक्टरका चालक सल्यान घर भएका वर्ष २०का खगेन्द्र खत्री घाइते भएका छन् । उनको मणिपाल अस्पतालमा उपचार भई रहेको छ ।

कमेन्टहरु
Loading...