इन्जिनियर ३६ लाख घुससहित पक्राउ

बुटवल ,१२ साउन/सेवाग्राहीसँग लिएको ३६ लाख रुपैयाँ घुस सहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर सुरेश ठाकुर पक्राउ परेका छन् । ३६ लाख ७२ हजार ५ सय रुपैयाँ लिएर घर जाँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिए ।

कमेन्टहरु
Loading...