फेवातालमा एक महिला मृत फेला

पोखरा, १६ वैशाख /फेवातालमा आइतबार बिहान एक महिला मृत फेला परेकी छन् । अन्दाजी ३५ वर्षकी देखीने महिलालाई फेवाताल डुबेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले झिकेको हो ।

फेवाताल किनारामा रहेको शसस्त्र प्रहरीको रेस्क्युटोलीले निकालेको हो । उनकी नाम, थर ठेगना नखुलेको प्रहरीले जानकारी दिएको छ ।

उनको मृत्यु कसरी भएको हो भन्ने बारेमा प्रहरीले खोजी गरीरहेको बताएको छ । उनको सवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानममा राखीएको छ ।

कमेन्टहरु
Loading...