चाउचाउको देखाएर ६ वर्षीया बालिका बलात्कार

गुल्मी, ३० फागुन /गुल्मीमा १६ बर्षिय किशोरले ६ वर्षीया बालिकालाई बलत्कार गरेको छ । इस्मा गाउँपालिकाकी बालिका १६ वर्षीया किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ६ वर्षीया बालिकालाई चाउचाउ र बिस्कुटको लोभ देखाइ बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

बलात्कारको आरोपमा गुल्मीको इस्मा गाउँपालिका ४ का १६ वर्षीय हिमाल दमाई (दर्जी)लाई प्रहरीले पक्राउ गरेको छ ।

परिवारको उजुरीका आधारमा दर्जीलाई इस्मा प्रहरीले नियन्त्रणमा लिई मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

बालिका रगतताम्य अवस्थामा भएकाले तत्काल उपचारको लागि सदरमुकाम पठाएको जानकारी दिइन् । बालिकाको राति नै जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरी बुधबार थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...