विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव पोखरामा पनि

कृष्ण आचार्य​,पोखरा, २९ साउन/आफ्ना नेता कार्यकर्ता पक्राउ परेको बिरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले आज आवहान गरेको नेपाल बन्दको प्रभाव बिहानै देखी गण्डकी प्रदेशको राजधानी पोखरामा पनि परेको छ । गत साउन २२ गते आफ्ना पाटी प्रबक्ता खड्क बहादुर बिश्वकर्मा प्रकाण्ड सहितका नेता कार्यकर्ता पक्राउ परेको भन्दै आन्दोलनमा उत्रिएको बिप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आवाहान गरेको हो ।

बन्दको कारण बिहानै देखि सडकमा कम मात्रामा मात्रै सवारी चलेका छन् भने बजार पसल बन्द भएका छन् । लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न नसक्दा अत्यावश्यक कामले यात्रा गर्नु पर्ने यात्रु मर्कामा परेका छन् । सडकमा समान्य मात्रामा मोटरसाईकल र केही निजी सवारी साधन भने चलेका छन् । मुख्य बजार बन्द रहेपनि भित्रीभागमा रहेका पसलहरु भने खुलेका छन् ।

राजनैतिक आस्थाका आधारमा पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई बिना शर्त रिहा गर्नु पर्ने नेकपाले माग गरेको छ ।नेता कार्यकर्तालाई बिना शर्त रिहा नगरिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितीको जवाफदेही सरकार नै हुनु पर्ने उसले चेतावनी दिएको छ ।

विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव पोखरामा पनि

कमेन्टहरु
Loading...