को जिम्मेवार ?????

आगजनी र विस्फोट बढे, तर भनिँदैछ – अज्ञात समुह ले 

काठमाडौ, २८ कार्तिक । निर्वाचनविरोधी समूहले मुलुकका विभिन्न स्थानमा विस्फोटक पदार्थ राखेर जनजीवन आतंकित पार्ने प्रयास गरेको छ । बन्द अबज्ञा गरेको भन्दै उक्त समूहले सर्वसाधारण चढेको सार्वजनिक सवारीमा पेट्रोल बमसमेत प्रहार गर्न थालेको छ । प्रहरीले भने यस्तालाई अज्ञात समूहु भनिरहेको छ । आखिर को हुन् ती अज्ञात ? यो प्रश्न सबैको मनमा उब्जिएको छ – आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

PETROL-BOMB-ATTACK

बन्द अबज्ञा गरेको भन्दै राजधानीको सामाखुसीमा बुधबार सार्वजनिक सवारीमा पेट्रोल बम प्रहार हुँदा पाँच वर्षीया बालिकासहित ९ जना घाइते भएका छन् । गोंगबु टाउन प्लानिङ जाने साल्सा डान्सबार अगाडि बालाजुबाट महाराजगन्जतर्फ गइरहेको बा १ ज ९८९१ नम्बरको माइक्रोबसमा पेट्रोल बम प्रहार भएको हो ।

प्रहरीका अनुसार घाइते भएकामा नुवाकोट रानिटार ७ का रामबहादुर थापा, बालाजुका ध्वजसिंह बिस्ट, मन्जु पन्त, हात्तीगौंडाका सानुबाबु बस्नेत, दार्चुलाका विनोदकुमार चन्द, दोलखा डाँडाखर्क ४ की मिठु श्रेष्ठ, उनकी पाँच वर्षीया छोरी मन्जु श्रेष्ठ, कपनकी अप्सरा बस्नेत, सिन्धुपाल्चोक लाल्चा ५ का राजकुमार सत्याल छन् । थापा बसका चालक हुन् ।

सत्याल विनायक अस्पतालमा र अन्यको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । ग्रान्डी अस्पतालका निर्देशक डा। चक्रराज पाण्डेका अनुसार घाइतेको शरीरको २० प्रतिशत भागसम्म डढेको छ । विनोद चन्द र ध्वजसिंह बुधबार मात्रै मलेसियाबाट फर्केका हुन् । दुई जनाले १५ देखि २० फिट टाढाबाट बम प्रहार गरेको प्रत्यक्षदर्शीले बताए ।

सोमबारदेखि बुधबार साँझसम्म बन्द पक्षधर १ सय ३५ जनाभन्दा बढी पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश नेकपा(माओवादीको कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । तर पक्राउ परेका ती व्यक्ति र मुलुकका विभिन्न स्थानमा भएका विस्फोटका घटनाको बन्द आह्वानकर्ता नेकपा-माओवादीले किन जिम्मा लिइरहेको छैन रु सुरक्षा निकाय र नेपाल सरकारका उच्च अधिकारीहरू अहिले यही प्रश्नको कारण खोतल्न थालेका छ् ।

काठमाडौं, गोरखा, स्याङ्जा र उदयपुरमा गरी बुधबारै ६ वटा सवारीमा आगजनी भएको छ । काठमाडौंको नयाँ नैकाप ९ स्थित गोल्डेन फ्लावर स्कुल नजिक बा २८ प ६६८० नम्बरको मोटरसाइकल र बा१२प ५८९ नम्बरको स्कुटरमा आगजनी भएको छ । काठमाडौंको कालो पुल र रातो पुल करिडरको सडकमा बा१ज ४१३५ नम्बरको ट्याक्सीमा पनि आगजानी भएको छ । गोरखाको ताप्ले ५ बा२४प २६१८ नम्बरको मोटरसाइकल, स्याङ्जा वालिङबाट गल्याङतर्फ जाँदै गरेको लु१२प २७८४ नम्बरको मोटरसाइकल, उदयपुर रौता ९ मुर्कुचीमा बा१४प ९२०४ नम्बरको मोटरसाइकल आगजनी भएको छ । सबै घटना अज्ञात समूहले गराएको प्रहरीले जनाएको छ । ुफरार अभियुक्तहरूको स्थानीय प्रहरीले खोजतलास गर्नुका साथै आवश्यक थप अनुसन्धान गरिरहेको छ, प्रहरी बुलेटिनमा भनिएको छ ।

यसअघि मंगलबार ललितपुरको कुमारीपाटी र काठमाडौंको चाबहिलमा यात्रुवाहक सवारीमा पेट्रोल बम प्रहार भएको थियो । बुधबार मात्रै मुलुकभर २३ ठाउँमा शंकास्पद वस्तु फेला परेका थिए । त्यसमा काठमाडौंमा मात्रै ९ ठाउँमा शंकास्पद वस्तु देखापर्‍यो । केही ठाउँमा तार बाहिर देखाएर जिलेटिन राखिएको थियो । बम हुन सक्ने भन्दै सशस्त्र र सेनाको डिस्पोजल टोलीले निष्त्रिय पार्दा बम भनिएको वस्तुमा गोलभेंडा, आलु, बालुवा, बाटो, भुसजस्ता सामान भेटिएको प्रहरीले जनाएको छ । तर त्यस्ता घटनाको पनि कसैले जिम्मा लिएको छैन । निर्वाचनविरोधी समूहले विस्फोटक पदार्थ राखेर जनतामा त्रास फैलाउने क्रम बढेपछि तिनका केन्द्रीय नेतामाथि सरकारले निगरानी गर्न थालेको छ । तर केन्द्रीय नेताहरूलाई नियन्त्रणमा लिँदा थप ठूलो घटना हुन सक्ने भएकाले पर्ख र हेरको नीति लिएको गृहस्रोतले बतायो ।

प्रहरीका अनुसार निर्वाचन प्रक्रिया सुरु भएयता ३ सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको छ । त्यसमा अधिकांशमाथि मुद्दा दर्ता गरिएको छ । पक्राउ परेकामाथि ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र सार्वजनिक मुद्दा लगाइएको छ । बन्दको पहिलो दिन देशभर ८३, दोस्रो दिन २३ र तेस्रो दिन २९ जनालाई नियन्त्रणमा लिएको छ । बन्दको पहिलो दिन मात्रै ५३ जनालाई अपराधको कसुर हरेर प्रहरीले मुद्दा चलाएको छ । तर पक्राउ परेका व्यक्तिलाई कसैले पनि आफ्नो कार्यकर्ता भएको दाबी गरेको छैन ।

पक्राउ परेका व्यक्ति कसका कार्यकर्ता हुन् भनेर अनुसन्धान भइरहेको छ, प्रहरी प्रवक्ता गणेश केसीले भने, धेरैजसो निर्वाचन बहिष्कारमा सक्रिय नेकपा( माओवादीकै कार्यकर्ता देखिन्छन् । उनीहरूले योजनाअनुसार नै कार्यकर्ता पक्राउ भए पनि हाम्रो हो भनेका छैनन् । पक्राउ परेका व्यक्तिलाई पनि पहिचान नखुलाउन भनेका छन्, गृहका एक उच्च अधिकारीले भने, नेतृत्वले जिम्मेवारी लिएको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा आफ्नो पार्टीको छवि गिर्ने र सर्वसाधारणले नकारात्मक दृष्टिकोणबाट हेर्ने भएकाले जिम्मेवारी नलिएको हुनुपर्छ ।

भत्र्सना मन्त्रिपरिषद्द्वारा गठित आवश्यक सेवा सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकले अमानवीय घटनाहरूप्रति भत्र्सना गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले अमानवीय र नृशंस घटनाप्रति बैठकले भत्र्सना गरेको बताए । यस्ता घटना घटाउनेउपर सरकारले कडा कारबाही गर्नेछ, उनले भने ।

कमेन्टहरु
Loading...