धितालका अशक्तलाई नेलम्बोको सहयोग

हेमजा । ४१ औं सामाजिक सेवा दिवसको अवसर पारी पोखरा ४ स्थित नेलम्बो नेपालले बिहीवार माछापुच्छ्रे गाउँपालिका–६, धितालको एक अशक्त परिवारलाई सहयोग गरेको छ।

संस्थाले स्थानीय झ्यामपट्टाकी मनोरोगी पार्वती नेपाली र उनका छोरा प्यारालाईसिस पीडित दिपेन्द्रलाई बिहीवार एक कार्यक्रमका बीच सहयोग गरेको हो।

त्यस अवसरमा २५ केजी चामल, चिउरा, दाल, नुन, अण्डा, तेल, सुप, दाँत माझ्ने बुरुष, मञ्जन पछयौरा र दिपेन्द्रका लागि एक सेट कपडा सहयोग गरेको हो।

त्यस्तै संस्थाले वडा कार्यालयका लागि खुट्टाबाट चलाउने सेनिटाइजर स्ट्याण्ड तथा साढे ५ लिटर सेनिटाइजर पनि सहयोग गरेको छ।

कार्यक्रममा भनाई राख्दै नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सामाजिक सेवा दिवसको अवसर पारी सहयोग गरेको स्पष्ट पार्दै दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको बताए।उनले पार्वतीको परिवारलाई विगत देखि नै संस्थाले सहयोग गर्दै आएको स्पष्ट पार्दै आगामि दिनमा पनि सहयोग जारी रहने प्रतिबद्घता जनाए।

वडाध्यक्ष हरीशचन्द्र ढुङगानाले सहयोग प्रति आभार प्रकट गर्दै दिनदुखीलाई सहयोग गरेका कारण नेलम्बो आजकल धितालवासीको मनमुटुमा बस्न सफल भएको औल्याए।

नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिइरहने जनाए ।त्यस्तै पीडित परिवारको तर्फबाट पार्वती नेपालीका दाई मोति नेपालीले सहयोगले दैनिक जीविकोपार्जनमा टेवा पु¥याएको औँल्याए।

कार्यक्रमका बीच नेलम्बो नेपालका जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारीले सहयोगको विवरण प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...