मृतकका परिवारलाई सहयोग

चट्याङबाट मृत्यु भएका बेसीशहर ६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति लमजुङद्धारा मृतकका परिवारलाई राहतस्वरुप रु दुई लाख रकम सहयोग उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

सरकारको नितिअनुसार राहतस्वरुपको रकमले मृतक सन्तको काजकिरियाका लागि सहयोग हने प्रजिअ शर्माले विश्वास व्यक्त गरेका छन् । परिवार गुमाउँदा ठूलो चोट पुगेपनि सरकारको राहतले आलो घाउमा मलम लगाउने प्रयास गरेको छ ।

चट्याङबाट घाइते विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा सोमबार राति नै मृत्यु भएको थियो ।

मृतकको शवपरीक्षण गरी मंगलबार दाहसंस्कार गरिएको छ । मृतक विकको आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् ।

सोही चट्याङबाट घाइते भएकी २२ वर्षीय चिजा गुरुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि मंगलबार डिस्चार्ज भएकी छिन् । घाइते गुरुङको उपचार खर्च जिल्ला विपद् व्यवस्थापन समितिले व्यहोर्ने प्रजिअ शर्माको भनाई छ ।

चट्याङबाट ज्यान गुमाएका मृतक विकको परिवारलाई बेसीशहर नगरपालिकाले पनि सहयोग उपलब्ध गराएको छ ।

विपद्मा परि मृत्यु भएका मृतकका परिवारलाई रु. १ लाख सहयोग गर्ने नगरपालिकाको नितिअनुसार मंगलबार मृतक सन्त विकको घरैमा पुगी राहत स्वरुप एकलाख रुपैँया रकम प्रदान गरिएको नगर प्रमुख गुमान सिंह अर्यालले बताए ।

कमेन्टहरु
Loading...