पोखरामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

 

पोखरा । गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार  कास्कीमा ८ र तनहुँमा २ गरी थप १० जनालाई संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ८ संक्रमितहरु कास्की जिल्लाको पोखरा महानगरपालिकाका रहेका छन् । महानगरका संक्रमितहरु वडा नम्बर ९, १३ , १२, ७,८,४ र ५ का रहेका छन् । त्यस्तै तनहुँको सुक्लागण्डकी वडा नम्बर ७ का ३९ वर्षिय पुरुष र वडा नम्बर ६ कि ३० वर्षिय महिलामा संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगर वडा नम्बर १३ र ८ का पुरुषहरु , र तनहुँ जिल्लाका ३९ वर्षिय पुरुष भारत बाट आएको निर्देशनालयले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का २४ बर्षीय पुरुष बारा जिल्लाबाट र वार्ड नं ४ का ७१ बर्षीय महिला काठमाडौँबाट आएका थिए ।

वडा नम्बर ७ का ३७ बर्षीय पुरुष बन कार्यालयमा कार्यरत कर्मचारी हुन् । तनहुँ जिल्ला, सुक्लागण्डकी वडा नम्बर ६ कि ३० बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत गर्भवती रहेकि छिन् ।

सबै संक्रमितहरु निर्देशनालयमा कोरोना परिक्षणका लागि आएका थिए । अहिले उनीहरुलाई आइसोलेशन सेन्टर लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ५ सय ३ पुगेको छ ।

कमेन्टहरु
Loading...