ढोरपाटन बाढिमा परि ज्यान गुमाएका र बेपत्ता परिवारलाई पहिलो पाइला नेपाल पोखरा र स्याङ्जा शाखाले राहत स्वरुप २ लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।
पहिलो पाईला पोखरा शाखा अध्यक्ष सन्दीप सापकोटाले मृतक र बेपत्ता व्यक्तिका परिवारलाई पाँच हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरिएको जानकारी दिए ।
अध्यक्ष सापकोटाका अनुसार वडा अध्यक्ष हरि बहादुर क्षेत्री मगर र स्थानिय समाजसेवीको रोहवरमा प्रत्येक पिडितका आफन्तलाई प्रत्यक्ष रुपमा राहत रकम हस्तान्तरण गरिएको थियो ।
हाम्रो संसार केन्द्रिय कार्यसमिति बाग्लुङ, जैमनी साहित्यिक मञ्च र बजार व्यबस्थापन समिति कुश्मिसेराले राहतमा सहकार्य गरेका थिए ।