४० जना प्रहरीमा कोरोना भेटिएपछि रामबजारको प्रहरी चौकी सिल

पोखरा । पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । समुदायमा संक्रमितको संख्या बढ्दै गर्दा नेपाल प्रहरीमा पनि संक्रमण बढ्दै गएको छ । बिहिबार मात्र पोखरामा ४० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । एकै प्रहरी चौकीमा ४० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि रामबजारमा रहेको प्रहरी कार्यालय सिल गरिएको हमालले जानकारी दिएका छन् । संक्रमित ४० प्रहरीलाई रामबजारकै प्रहरी चौकीको आइसोलेसनमा राखिएका प्रवक्ता हमालले बताए ।

कमेन्टहरु
Loading...