पोखरा । पोखरामा ४ सहित गण्डकी प्रदेशमा थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ५ का ४२ वर्षीय महिला, ८ का ३४ वर्षीय पुरुष, वडा नम्बर १० की ३४ वर्षीय महिला र वडा नम्बर १८ का १९ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अगाडि आज बिहान समेत पोखरामा ४ जनालाई संक्रमण पुष्टि भएको थियो ।
यस्तै तनहुँको ब्यास नगरपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी नगरपालिका अन्तरगत वडा नम्बर ४ की ३६ वर्षीय महिला रहेकी छिन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार २ सय ६ पुगेको छ ।