पोखरा । पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखराका थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखरा महानगरपालिका वडा नम्बर १ का २ जना महिला, पोखरा १० का ४ जना महिला, वडा नम्बर १२ का ७ जना महिला तथा २ जना पुरुष, पोखरा १३ का १ जना पुरुष रहेका छन् ।
त्यस्तै पोखरा १८ की १ जना महिला, वडा नम्बर २७ का उमेर नखुलेका १ जना पुरुष सहित २ महिला तथा २ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २८ का १ पुरुष सहित १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुरुषको उमेर खुलेको छैन ।
यस अगाडि पोखरामा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो भने आजै २ जनाको ज्यान गएको थियो । कोरोना भाइरसबाट आज पोखरामा ज्यान गुमाउनेमा पोखरा ५ की १ जना महिला हुन् । उनको मृत्यु भइसकेपछि कोरोना रिर्पोट पोजेटिभ आएको हो । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनाको समेत आजै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको थियो ।
स्याङ्जामा ५ जना कोरोना भाइरस संक्रमित थप भएका छन् । उनीहरु वालिङ नगरपालिकाका हुन् । नगरपालिकाका १ महिला सहित ४ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको हो ।
यस्तै नवलपरासीमा थप ८ लाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको विनयत्रिवेणीका विभिन्न वडाका बासिन्दा हुन् । संक्रमितहरु सबै जना कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ९ सय ३ पुगेको छ ।