पहिरो पीडितलाई रुपा गाउँपालिकाद्धारा सहयोग

कास्की ।  रुपा गाउँपालिका वडा नं ६ स्थित बराहथोकका पहिरो पीडितलाई गाउँपालिकाले सहयोग हस्तान्तरण गरेको छ ।

पहिरोमा परी मृत्यु भएकी सृजना विकको परिवारलाई नगद ६० हजार , खाद्यन्न , लत्ताकपडा हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझले जानकारी दिए ।

अध्यक्ष ओझाका अनुसार मृतकको परिवार सहीत जोखिममा रहेका अन्य दुइवटा घरका परिवारलाईपनि राहत स्वरुप रु.१५ हजार, खाद्यन्न सामाग्री र लत्ताकपडा बुधबार प्रदेश सभा सदस्य दिपक कोइरालाले हस्तान्तरण गरेका थिए ।

‘अहिले तत्कालका लागी राहत स्वरुप केही रकम ,खाद्य सामाग्री व्यबस्थापन गरेका छौं उनीहरुको पुर्नस्थापनका लागी गाउँपालिकाले सहयोग गर्नेछ’, अध्यक्ष ओझाले भने ।

मृतक विकको परिवारलाई परिवारलाई बस्ने व्यबस्थापन गाउँपालिकाले गरेको छ ।

अविरल वर्षासंगै मंगलबार बिहान गएको पहिरोमा परी काजी विककी २० वर्षीय छोरी सृजनाको बिकको ज्यान गएको थियो । भने अन्य दुइ घर उच्च जोखिममा परेका छन् ।

कमेन्टहरु
Loading...