भरतपुर अस्पताल चितवनमा कार्यरत पोखरा ३० का १ जना चिकित्सकलाई कोरोना पुष्टि

पोखरा । पोखरामा थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ३० का ३० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी सोही अस्पतालमा चिकित्सकका रुपमा कार्यरत रहेका छन् । उनी आफू कार्यरत अस्पतालको आइसोलेसनमा रहेका छन् । यस अगाडि पनि पोखरामा आजै ३१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा तनहुँको ब्यास नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी प्रतिष्ठानमा डायलासिसका लागि आएका थिए । उनलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ६ सय पुगेको छ ।

कमेन्टहरु
Loading...