पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशमा ६७ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ३१ जना पोखरा महानगरपालिकाको रहेको निर्देशनालयले बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ । संत्रमित सबै कन्ट्रयाक ट्रेसिङका आधारमा पत्ता लागेका हुन् । आज थपिएका संक्रमित स्वास्थ्य कर्मचारी, पोखरा औद्योगिक क्षेत्रका कामदार रहेका छन् ।
संक्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रस्थित पोखरा फुड्स प्रालिका कामदारमात्र २५ जना छन् । त्यसै गरि पोखराको मेडिसिटी अस्पतालमा उपचाररत २ जना बिरामीमा पनि संक्रमण देखिएको छ। पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । तनहुँको ब्यास नगरपालिकामा पनि थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।