पोखरा । कास्कीमा भदौं २७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।
जिल्ला प्रशासन कार्यलय कास्कीद्धारा जारी गरिएको सूचनामा निषेधाज्ञा भदौं २७ सम्म जारी राखिएको छ ।
के गर्न पाइन्छ , के गर्न पाइदैन ?
-अत्यावश्यक बाहेक अन्य काममा घरबाट बाहिर निस्कन अनिवार्य मास्क प्रयोग गर्ने , २ मिटरको भौतिक दुरी कायम गर्नपर्ने साथै सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने
-मानिसहरु भेला हुन,भीडभाड गर्न ,जुलुलस निकाल्न, जात्रा , महोत्सव , मेला गर्न तथा सबै धर्म संस्कृती,प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने
-सार्वजनिक यातायात चलाउन नपाइने
-जोर गते जोर र विजोर गते विजोर प्रणालीमा निजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने
-विद्यालय,क्याम्पस , सबै प्रकारका शैक्षिक संस्था ,तालिम तथा प्रशिक्षण केन्द्र , सिनेमा हल , फुटसल, व्युटिपार्लर , जिमखाना , स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने
-सरकारी कार्यलय , निजी कार्यलय , बैक तथा वित्तिय र सहकारी भिड नहुने गरि सञ्चालन गर्ने
-होटल र रेष्टुरेष्टमा साँझ ७ बजेसम्म टेक अवे संचालन गर्न पाइने
-सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा पूर्व सावधानी पूर्णपालना गरी निर्माणका काम गर्न पाइने