पोखरा । पोखरा महानगरपालिकाका १ जना सहित गण्डकी प्रदेशमा थप ४३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखराको वडा नम्बर ५ का ३२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसै गरी मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यता स्याङ्जामा थप १ जनालाई संक्रमण पुष्टि भएको छ । उनी जिल्लाको भीरकोट नगरपालिकाका हुन् । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन ।
यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गारखाका १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोरखा नगरपालिका वडा नम्बर १३ ९ महिला सहित ६ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । जिल्लाको अजिरकोट गाउँपालिकाका १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कति नम्बर वडाका बासिन्दा हुन् भन्ने खुलेको छैन । संक्रमित व्यक्ति भारतबाट आएको बताइएको छ ।
नवलपरासीका (ब.सु.पू) का २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा तथा अन्य प्रदेशमा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा नवलपरासीका २४ जनालाई संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमित हुनेमा जिल्लाको गैंडाकोट नगरपालिका, कावासोती, देवचुली तथा विनयत्रिवेणीका रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ३ सय ९७ पुगेको छ ।
आज बिहानै पनि प्रदेशमा पोखरामा १६ सहित ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।