अनलाइन शिक्षाका नाममा शुल्क उठाउन जर्वजस्ती गरेकोमा नेविसंघको विरोध

पोखरा , भदौ १४ गते । नेपाल विद्यार्थी संघ कास्कीले अनलाइन शिक्षा , भर्ना लगायत अन्य बहानामा अभिभावक संग जर्वजस्ती पैसा उठाएको भन्दै विरोध जनाएको छ।

कोरोना महामारीको समयमा अभिभावलाई शुल्क तिर्न बाध्य बनाउने शैक्षिक संस्थालाई तत्काल रकम फिर्ता गराउनका लागी पहल गर्न भन्दै पोखरा महानगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएको छ ।

नेविसंघ कास्कीका निर्वतमान सभापती बिकास थापाको नेतृत्वमा पुगेको टोलीले बिहिबार शुल्क उठाउने र भर्ना प्रक्रिया बढाउने शैक्षिक संस्थाको अनुमगन गरेर तत्काल कारबाहीको लागी पत्र काट्ने, शुल्क उठाइरहेका शैक्षिक संस्थालाई अभिभावकलाई रकम फिर्ता गर्न लगाउने , शिक्षा मन्त्रालयको निर्देशन नमान्ने शैक्षिक संस्थाको तत्काल लाइसेन्स खारेजीको माग राखी शिक्षा महाशाखा प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

‘यस्तो विषम परिस्थितीमा शैक्षिक संस्थाहरुले अनाइन कक्षा , भर्ना लगायत बहानामा अभिभावकलाई बारम्बार फोन गरेर शुल्क तिर्न बाध्य बनाएकोमा नेविसंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’ ज्ञापन पत्रमा उल्लेख छ ।

नेविसंघले सबै अभिभावकलाई शैक्षिक संस्थाले मागेका कुनै पनि शुल्क नतिर्न समेत आव्हान गरेको छ ।

 

कमेन्टहरु
Loading...