पोखरा । पोखरा महानगरपालिकाका २ जना सहित गण्डकी प्रदेशमा थप ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ की ४५ वर्षीय महिला तथा वडा नम्बर १३ का २४ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा ६ की महिला पोखरा कै चरक मेमोरियल अस्पतालमा उपचाररत छिन् । उनी पयर््टन व्यवसायी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
आज सबैभन्दा बढी लमजुङमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बेसीसहर नगरपालिकाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिने नाबालक सहित २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अस्पतालमा उपचाररत नाबालक सहित ५ जना, अस्पताल मै कार्यरत १ जनालाई कोरोना पुष्टि भएको छ । उपचाररत रहेकी २८ वर्षीय महिला पत्रकार हुन् । ग्लोबल आइएमई बैंकमा कार्यरत ५ जना कर्मचारी, तथा नेपाल प्रहरीका ४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।
यसै गरी क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा बेसीसहर नगरपालिका वडा नम्बर ७ का ८ जना महिला तथा ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।
यता नवलपुर (ब.सु.पू) का १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको विनगयत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ११ वर्षीय बालिका सहित २६ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै देवचुली १ का १ महिला तथा १ पुरुष सहित वडा नम्बर १६ का ३ महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका वडा नम्बर १० का २५ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार २ सय ५ पुगेको छ ।