पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखा जिल्लामा १२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयले आइतबार बेल्का ७ :३५ मा जारी गरेको विज्ञप्ती अनुसार गोरखा नगरपालिकाको वडा नम्बर १३ का १० जनामा कोरोना पुष्टि भएको छ भने ८ र १० का १–१ जना पुरुष संक्रमित भएका छन् ।
त्यस्तै बाग्लुङमा पनि २ जना संक्रमित थपिएका छन् । बाग्लुङको बरेङ र काठेखोलाक १–१ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।