पोखरा । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक सबैभन्दा धेरै तनहुँमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जिल्लाको भानु नगरपालिका वडा नम्बर ६ का ९ जना पुरुष तथा वडा नम्बर ७ का ८ वर्षीय बालिका सहित ३ जना महिला तथा १० जना पुरुष रहेका छन् ।
यता बाग्लुङको तमानखोला २ का २ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित महिलामध्ये १ जना स्वास्थ्यकर्मी हुन् भने १ जना स्थानीय व्यापारी रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार १ सय २३ पुगेको छ ।