बन्दैछ ‘प्रसाद २’

२०७५ सालमा रिलिज भएको फिल्म ‘प्रसाद’ को निर्माण टिम ‘प्रसाद २’ को तयारीमा जुटेको छ । निर्माता सुभाष थापाले आफ्नो फेसबुकमा ‘टीम २’ क्याप्सन सहित तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिरमा नायक विपिन कार्की,लेखक सुशिल पौडेल र निर्माता थापा लगायत छन् । गन्थन डटकमलाई प्राप्त जानकारी अनुसार  ‘प्रसाद २’ को कथा सुशिल पौडेलले लेखिरहेका छन् । फिल्मलाई प्रिक्वेलको रुपमा तयार गरिदैछ।

फिल्मका कलाकार फाइनल भैसकेको छैन । विपिन कार्की सहीत केही पुराना कलाकार दोहोरीने सम्भावना छ ।  प्रसाद निर्देशक दिनेश राउतले समय दिन नसक्दा सौरभ चौधरीले फिल्म निर्देशनको जिम्मा पाएका छन् ।

रिलिज लगत्तै ‘प्रसाद’ को कथा बारे बिवाद बहस भएको थियो । विपिन कार्की संगै नम्रता श्रेष्ठ , निश्चल बस्नेत लगायत मुख्य भुमिकामा देखिएका थिए ।

कमेन्टहरु
Loading...