संसद पुर्नस्थापना हुनुपर्छ , यथास्थितिमा निर्वाचन सम्भव छैन : नेता अधिकारी 

‎ नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले संविधानको रक्षाका लागि संसद पुर्नस्थापनाको बिकल्प नरहेको बताएका छन्।

‎उनले बर्तमान सरकार संविधानभन्दा बाहिरबाट निर्माण भएको बताउदै संविधानको रक्षाका लागि संसद पुर्नस्थापना आवश्यक रहेको बताए ।

नेकपा (एमाले) पोखरा महानगर कमिटी -३० को वडा भेलालाई सम्बोधन गर्दै उनले अहिलेकै अवस्थामा निर्वाचन हुन सम्भव नरहेको बताए ।

‎’ठुलो सङ्ख्यामा हातहतियार लुटिएका छन् , त्यसको दुरुपयोग हुने खतरा छ , निर्वाचन शान्तिपुर्ण हुने देखिदैन त्यसकारण निर्वाचन हुने सम्भावना छैन’, उनले भने । सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यकाबाट बाहिर रोक लगाउने काम सहि नभएको बताए ।

पार्टीको तर्फबाट समीक्षा गर्नुपर्ने बिषयलाई आन्तरिक रुपमा छलफल र बिचार बिमर्शबाट निकास निकाल्ने उनको भनाई छ ।‎’हामी हाम्रा कमजोरी सच्चाउन सक्छौं तर देशलाई वर्वाद हुन दिदैनौ , प्रतिक्रान्तीलाई पराजित गर्छौं ‘, उनले भने ।‎व्यबहारिक , शैलीगत कमजोरीलाई सच्चाउदै देशलाई सहि दिशामा लैजान नेता नेतृत्व र कार्यकर्ताहरु तयार रहनुपर्ने उनको भनाई थियो ।

कमेन्टहरु
Loading...