एजेन्सी, २८ असार / बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ । भारतीय सञ्चार माध्येमका अनुसार ७७ बर्षिय बच्चनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिदै ट्वीट गरेका थिए ।
उनले ट्वीटमा भनेका छन्, ’मेरो कोभिड १९ परीक्षण पोजेटिभ आएको छ । म अस्पताल भर्ना भएको छु । परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ । उनीहरूको नतिजा आउन बाँकी छ।’
अभिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्, ’पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला ।’
उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ । अमिताभ बच्चन अस्पताल भर्ना भएको समाचारले बलिउडका कलाकारहरू र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।