अन्नपुर्ण गाउँपालिकाको कार्यालय स्थापना

पोखरा, ११ चैत /कास्कीमा अन्नपूर्ण गाउँँपालिका कार्यालय बिहीबार देखी सञ्चालनमा आएको छ । यो सँगै कास्कीका सबै गाउँँपालिका कार्यालय सञ्चालनमा आएका छन् । स्थानीय विकास अधिकारी बलराम ढकालले बिहीबार एक कार्यक्रमबीच अन्नपूर्ण गाउँपालिका कार्यालय उद्घाटन गरे ।

कार्यक्रममा उनले गाउँँपालिका आफैमा स्वायत्त भएकाले अधिकार उपयोग गर्न आग्रह गरे। ‘गाउँँपालिका श्रोत र साधनका हिसाबले निकै बलियो छ । कार्यक्रममा जिविस कास्कीका पूर्वसभापति पूण्य पौडेलले आन्तरिकरुपमा केही मतभेद भए पनि स्थानीय रुपमा सहमतिका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

अन्नपुर्ण गाउँपालिका
अन्नपुर्ण गाउँपालिका

पूर्व सांसद शुक्रराज शर्मालेजनताले पहिलो पटक आफ्नैघरआँगनबाट सेवा लिने वातावरण सिर्जना भएको भन्दै यसलाई संस्थागत गर्न एकजुट हुन आग्रह गरे । कार्यक्रमा विभिन्न दलका नेताहरुले अन्य गाउँ पालिकामा भन्दा बढि सम्भावना रहेको बताए ।

सरकारले राजपत्रमा प्रकाशित गरेको गाउँँपालिकाको केन्द्र भन्दा फरक ठाउँमा कार्यालय स्थापना गरिएको छ । राजपत्रमा साविक लुम्लेगाविसको कार्यालयलाई केन्द्र तोकेपनि तीन किलोमिटर वर लुम्ले कृषि केन्द्रको बीउ विजन प्रशोधन भवनलाई गाउँँपालिका केन्द्र कायम गरिएको हो । ढिकुरपोखरीका गाविसका स्थानीले विरोध गरे पछि स्थानीय राजनीतिक दलको सिफारिसमा नयाँ ठाउँ कायम गरेका हुन् ।

कमेन्टहरु
Loading...