युवा व्यवसायी केसीद्वारा सरस्वतीको मूर्ती सहयोग

पोखरा, ९ चैत /युवा व्यवसायि प्रकाश केसीले स्याँग्जा–२,फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पस हाता भित्र निर्माण हुन लागेको सरस्वती मन्दिरका लागि सरस्वतीको मूर्ती सहयोग गरेका छन् ।

पोखरा–७, मुस्तानचोकका समाजसेवी केसीले क्याम्पसमा बुधबार आयोजित एक समारोहका विच उक्त सरस्वतीको मूर्ती क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश गौतमलाई हस्तान्तरण गरे । मूर्ती हस्तान्तरण गर्दै शिक्षाप्रेमी केसीले शिक्षालयहरुले आजका विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई व्यवहारिक शिक्षामा पनि जोड दिनुपर्ने बताए ।

सहयोग कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष गौतमले भौतिक निर्माणकै क्रममा रहेको क्याम्पसलाई अन्य सहयोग पनि आवश्यक रहेको बताउँदै सबैले सहयोग गरेमा क्याम्पसले पनि सुविधायुक्त वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गर्न सक्ने बताए । समितिका सल्लाहकार खड्क रानाभाट, पदम सुवेदी, महेश अधिकारी, क्याम्पसका स्ववियु सभापति प्रतिष्ठा कार्की लगायतले सहयोगी केसीप्रति आभार प्रकट गरेका थिए ।

कार्यक्रममा प्राध्यापक राजन पराजुलीले स्वागत तथा प्रधानाध्यापक राजन पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि २०६४ सालमा स्थापित क्याम्पसमा हाल व्यवस्थापन र शिक्षा शास्त्रतर्फ १ सय ३५ विद्यार्थी अध्यायनरत छन् । क्याम्पसमा १८ प्राध्यापक र २ कर्मचारी रहेका छन् ।

कमेन्टहरु
Loading...