अक्षरयात्रा प्रतिभा पुरस्कार सुरजलाई

पोखरा, ८ चैत /यस वर्षको ‘अक्षरयात्रा प्रतिभा पुरस्कार’ युवा साहित्यकार सुरज उपाध्यायलाई दिइने भएको छ ।
गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा हरेक महिनाको तेस्रो शनिबार पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्रामा सव्रिmय रुपमा सहभागी भई नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उपाध्यायलाई सो पुरस्कार दिन लागिएको बताइएको छ ।

स्याङ्जाको आरुखर्कमा जन्मेर डेढ दशकदेखि पोखरामा रही साहित्य सिर्जनामा सव्रिmय उपाध्यायका ‘तिम्रो मन फर्किएन’ (गजल सङ्ग्रह–२०६०) र ‘चिल उड्यो आकाशमा’ (बाल कविता सङ्ग्रह–२०७१) प्रकाशित छन् । सम्मोहन साहित्यिक पत्रिकाका सम्पादक उपाध्याय प्रगतिशील लेखक सङ्घका सहसचिव तथा ¥यान्डम रिडर्स सोसाइटी अफ् नेपाल र साहित्य शृङ्खलाका सदस्य हुनुहुन्छ ।

अक्षरयात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा अर्का परिकल्पनाकार दीपक समीप र गजल सन्ध्याका सल्लाहकार रुपिन्द्र प्रभावी सदस्य तथा सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेत र नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको बैठकले उपाध्यायलाई पुरस्कार दिने निर्णय गरेको हो । उपाध्यायलाई आगामी चैत १९ गते शनिबार हुने १४० औँ अक्षरयात्रामा दोसल्ला, सम्मानपत्र र नगद २ हजार २२२ रुपैयाँसहित सम्मान गरिने आयोजक संस्थाद्वयले जनाएका छन् ।

सो पुरस्कारबाट यसअघि प्रकाश ज्ञवाली, रुपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरु’ र जीवन सागर भण्डारी पुरस्कृत भइसक्नुभएको छ । युवा साहित्यकारद्वय गोविन्द गिरी र कृष्ण देवकोटाद्वारा स्थापित पुरस्कार हरेक वर्ष अक्षरयात्रामा सहभागी भई उत्कृष्ट सिर्जना गर्ने स्रष्टालाई प्रदान गरिँदै आएको छ ।

कमेन्टहरु
Loading...