बंगलादेशमा मनाङको विजयी सुरुवात

पोखरा, ८ फागुन /मनाङ मर्स्याङ्ग्दी क्लबले बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबलाई २-० गोलले हराउदै अघिल्लो चरणमा प्रबेश गरेको हो ।

आइतबार भएको खेलमा मलाङका लागि विशाल राई र ओलावालेले एक एक गोल गरे। बंगलादेशको चित्तागाङमा शनिबार देखि सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेलमै घरेलु टिमलाई हराएर अघि बढेको हो।

प्रतियोगितामा नेपाल र बंगलादेश सहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन्।

कमेन्टहरु
Loading...