चुनाव प्रेस युनियनले विथोल्यो -चार बाम

पोखरा, ३ फागुन /नेपाल पत्रकार महासंघ कास्कीको १० औं अधिवेशन नेपाली कांग्रेस निकटका पत्रकारहरुको संस्था प्रेस युनियनले बिथोलेको आरोप लगाएको छ । पत्रकार महासंघ कास्कीमा कुनै पनि विवाद नभएको अवस्थामा देशका केही जिल्लामा देखिएको सदस्यता विवादलाई कास्कीसँग जोडेर प्रेस युनियनले अधिवेशन बिथोलेको चार बाम संगठनको आरोप छ ।

नयाँ नेतृत्व चयन गर्ने अधिवेशनमा चार वटा प्रगतिशील पत्रकारहरुका संगठनबीच चुनावी तालमेल भएपछि हार निश्चित देखेर प्रेस युनियनले अनावश्यक बखेडा जिकेर अधिवेशनमा अवरोध गरेको हो विज्ञप्ती जारी गरि जनाएको छ । अधिवेशनमा प्रेस चौतारी कास्की, प्रेस सेन्टर कास्की, नेपाल प्रेस सोसाइटी कास्की र क्रान्तिकारी पत्रकार संगठनबीच चुनावी तालमेल भएको थियो । प्रेस युनियनले स्वतन्त्र पत्रकार संघसँग चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रिएको थियो ।

मंगलबार बिहान ८ बजे अधिवेशन तय गरिएकोमा त्यो भन्दा अगाडि नै पत्रकार महासंघ कास्कीको भवनमा विज्ञप्ति टाँसेर प्रेस युनियनले अधिवेशन स्थगित गर्न दबाब दिएको थियो । प्रेस युनियनका उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रमेश पौडेल र प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको नेतृत्वको टोलीले केन्द्रको निर्देशन भन्दै अधिवेशन स्थागित गर्न माग गरेको थियो । निर्वाचन समितिले मतदाता नामावली टाँस गर्ने बेलामा युनियनले अवरोध गरेपछि दुवै पक्षबीच भनाभन भएको थियो ।

प्रेस युनियन केन्द्र र प्रेस युनियन कास्कीले सोमबार राति विज्ञप्ति निकालेर अधिवेशन स्थगित गर्न माग गरेको थियो । विज्ञप्ति जारी गरेपछि प्रेस युनियनका जिम्मेवार अधिवेशन सुरु गर्नका लागि पटक÷पटक वार्ता भएपनि प्रेस युनियन आफ्नो अडान नछाडेपछि पत्रकार महासंघ कास्कीले असजह परिस्थिति भएको भन्दै अधिवेशन स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...